Logo

ला–लिगामा लेभान्तसंग बार्साको अप्रत्यासी हार

ई-खेलकुद २०७६ कात्तिक १७ , आईतबार ०७:११ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ । लेभान्तसंग ३–१ को हार भोग्दै बार्साले सिजनको तेस्रो हार भोगेको हो । यद्यपी उ तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । ३८ औ मिनेटमा लियोनल मेसीको गोलबाट खेलमा अग्रता बनाएको बार्सा दोस्रो हाफ सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो । ६१ औ मिनेटमा जोसे काम्पानाले गोल गर्दै लेभान्तेलाई बराबरीको अवस्थामा पुर्याएका थिए । ६३ औ मिनेटमा बोर्जा मेओरल र ६८ औ मिनेटमा नेमान्जा राडोजाले गोल गर्दै लेभान्तेलाई शानदार जित दिलाए । ११ खेलबाट बार्सा २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ । रियल मड्रिडसंग समान अंक भएपनि बार्सा गोलअन्तरमा अघि रहदै शीर्ष स्थानमा कायम रहेको हो ।
गएराती नै स्पानियोल भ्यालेन्सीयासंग २–१ ले स्तब्ध बन्दा अन्य २ खेल भने बराबरीमा सकिएका छन् । सेभिया र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दा रियल मड्रिड र रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?