Logo

ला–लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लियो

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०६:१० मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नवौ खेलमा गएराती आईबरलाई ३–० ले हराउदै बार्सा १९ अंकमा तालिकाको शीर्ष स्थानमा पुगेको हो । रियल मड्रिडले अप्रत्यासीरुपमा मायोरकासंग १–० को हार भोगेपछि बार्साले १ अंकको अग्रता लिएको हो । १३ औ मिनेटमा एन्टोनियो ग्रीजम्यानको गोलबाट अग्रता बनाएको बार्साका लागि लियोनल मेसी र लुईस स्वरेजले एक एक गोल थपेका थिए । मेसीले ५८ र स्वरेजले ६६ औ मिनेटमा गोल गरेका थिए ।
रियल मड्रिडलाई १–० को अप्रत्यासी हार चखाउने क्रममा मायोरकाका लागो जुनियरले सातौ मिनेटमा गरेको गोल निर्णायक बन्यो । ७४ औ मिनेटमा ओड्रिओजोला रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।
गेटाफेले लेगानेशबिरुद्ध २–० को जित निकाल्दा भ्यालेन्सीया र एट्लेटिको मड्रिडले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?