Logo

ला–लिगामा बार्सिलोना पहिलो जितको खोजीमा, मेसी, स्वारेज र डेम्बेले चोटग्रस्त

ई-खेलकुद २०७६ भदौ ८ , आईतबार ०५:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला–लिगा फुटबलमा आज राती विभिन्न ४ खेल हुदैछन् । आज स्पानियोल र डिर्पोटिभो एलाभेस तथा माल्र्लोका र रियल सोसिडाडबिच प्रतिस्पर्धा हुनेछ । यी दुबै खेल नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछन् । लेगानेश र एथ्लेटिको बिल्वाओबिचको खेल भने मध्यराती पौने ११ बजे सुरु हुनेछ ।
आजको अन्तिम खेलमा साविक विजेता बार्सिलोनाले रियल बेटिससंग प्रतिस्पर्धा गर्नेछ । बार्साको घरेलु मैदानमा नेपाली समयानुसार मध्यराती पौने १ बजे हुने खेलमा बार्सा, सिजनको पहिलो जितको खोजीमा रहेको छ । यद्यपी कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र ओस्माने डेम्बेले बिनै मैदान उत्रनुपर्ने बाध्यताका कारण बार्सिलोना दबावमा रहेको छ ।
पहिलो खेलमा रियल भल्लाडोलीडसंग पराजित भएको रियल बेटिस मुख्य खेलाडी नभएको फाईदा उठाउदै पहिलो जित निकाल्ने प्रयासमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?