
एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा गेटाफे र भियारियल विजयी भएका छन् । अन्य ३ खेल भने बराबरीमा सकिएका छन् । रियल भल्लाडोलिडलाई २–० ले हराएको गेटाफे ३० अंकमा तालिकाको चौथो स्थानमा उक्लिएको छ । १७ खेलबाट ३० अंक जोडेको उसले रियल सोसिडाड र एट्लेटिको मड्रिडलाई पछि पारेको हो । सेभियालाई २–१ ले हराएको भियारियल भने १३ औ स्थानमा यथावत छ ।
स्पानियोल र रियल बेटिस र सेल्टा डि भिगो र मायोरकाले समान २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । भ्यालेन्सीया र रियल मड्रिडले एक एकको बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दुबै टोलीले दोस्रो हाफमा एक एक गोल गरेका थिए । निर्धारित समयसम्म १–० ले पछि परेको रियल मड्रिड ईन्ज्युरी समयमा खेलमा फर्किएको हो । करिम बेन्जीमाले रियलको हार टारेका थिए ।
