Logo

ला लिगामा एथ्लेटिको बिल्वाओ शीर्ष स्थानमा, बेञ्जीमाको गोलमा रियल मड्रिडको जित

ई-खेलकुद २०७६ असोज ६ , सोमबार ०७:०९ मा प्रकाशित

एजेन्सी । एथ्लेटिको विल्बाओ स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पाँचौ चरणको खेलमा गएराती डिर्पोर्टिभो अलाभेषलाई २–० ले हराउदै विल्बाओ ११ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसको जितमा राउल गार्सीया र एल्केर मुनियनले एक एक गोल गरे । ५७ प्रतिशत बल पोजिशनको खेलमा बिल्वाओका थप केहि अवसर भने खेर गएका थिए ।
गएरातीनै रियल मड्रिडले सेभियालाई १–० ले स्तब्ध पार्यो । पहिलो हाफमा गोररहित बराबरीमा सकिएको खेलमा ६४ औ मिनेटमा करिम बेन्जीमाले गोल गर्दै टोलीको जित निश्चित पारेका थिए । ५ खेलबाट ११ अंक जोडेको रियल गोलअन्तरले पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
अन्य खेलहरुमा गेटाफेले मालोरकालाई ४–२ ले तथा रियल सोसिडाडले स्पानियोललाई ३–१ ले हराए । भ्यालेन्सीया भने लेगानेशसंग एक एकको बराबरीमा रोकिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?