Logo

ला लिगामा एट्लेटिको मड्रिडको जितको श्रृखला जारी

ई-खेलकुद २०७६ भदौ १६ , सोमबार ०७:०९ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सीया, एट्लेटिको मड्रिड र ग्रानाडाले जित निकाल्दा रियल मड्रिड र भियारियलले २–२ को बराबरी खेल्दै अंक बा“डेका छन् । भ्यालेन्सीयाले माल्लोरकालाई २–० ले हराउदै सिजनको पहिलो जित हात पार्यो । आईबरलाई ३–२ ले हराउदै एट्लेटिको मड्रिडले तेस्रो खेलमा पनि जितको श्रृखलालाई निरन्तरता दिएको छ । ३ खेलबाट ९ अंकसहित एट्लेटिको मड्रिड तालिकाको शीर्ष स्थानमा कायम छ ।
सिजनको पहिलो जित निकाल्ने क्रममा ग्रनाडाले स्पानियोललाई ३–० को फराकिलो अन्तरले स्तब्ध पार्यो । हार नजिक पुगेको रियल मड्रिडलाई अन्तिम समयमा गारेथ वेलले गोल गर्दै उद्धार गरेका थिए । पहिलो गोल पनि उनैले गरेका थिए । ८५ मिनेटसम्म २–१ ले पछि परेको अवस्थामा ८६ औ मिनेटमा वेलले गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?