Logo

ला–लिगाका पछिल्ला दुबै खेल बराबरीमा सकिए

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ०९:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला–लिगा फुटबलका पछिल्ला २ खेल बराबरीमा सकिएका छन् । सेभिया र एथ्लेटिको बिल्वाओ एक एकको बराबरीमा रोकिदा रियल भल्लाडोलिड र लेगानेशले २–२ को बराबरी खेल्दै अंक बाडे ।
खेलको १५ औ मिनेटमा कापाले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । ६० औ मिनेटमा उपहार गोलमार्फत सेभिया खेलमा फर्किएको थियो । उनाई नुनेजले आफ्नै पोष्टमा गोल गरेपछि सेभिया बराबरीको अवस्थामा पुगेको थियो । ६५ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि सेभियाले गोल गर्ने अवसरको भने सदुपयोग गर्न सकेन् । बराबरीसंगै सेभिया ३५ अंकमा तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ । १९ खेलबाट २९ अंक जोडेको बिल्वाओ सातौ स्थानमा उक्लिएको छ ।
भल्लाडोलिडबिरुद्ध २ पटक अग्रता बनाएर पनि लेगानेश अंक बा“ड्न बाध्य भयो । चौथो मिनेटमा अग्रता बनाएको लेगानेशबिरुद्ध आठौ मिनेटमा भल्लाडोलिडले गोल गरेको थियो । १३ औ मिनेटमा अर्को गोल गर्दै लेगानेशले अग्रता बनाएको थियो । ७९ औ मिनेटमा भल्लाडोलिडले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?