Logo

लाहोरले सन्दिपलाई रिलिज दिदै रासिदलाई बोलायो

ई-खेलकुद २०७८ जेठ ९ , आईतबार ०७:०५ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तान सुपर लिग क्रिकेटको बाँकि खेलका लागि लाहोर कदन्दर्सले अफगानी लेगस्पिनर रासिद खानलाई टोलीमा बोलाएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गर्दै लाहोरले रासिदलाई टोलीमा बोलाएको हो ।
पिएसएलका लागि यसअघि टोलीमा बोलाइएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीपलाई लाहोरले रिलिज गरेको हो । कोरोना भाइरस महामारीका कारण पिएसएल स्थगित हुनुभन्दा अघि लाहोरले सन्दीपलाई अनुबन्ध गरेको थियो । राशिद खानले प्रतियोगिताबाट नाम झिकेपछि लाहोरले राशिदकै स्थानमा सन्दीपलाई अनुबन्ध गरेको थियो । तर, अब लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनः राशिद खानलाई टिममा बोलाएको छ । कोरोनाले स्थगित पिएसएलको बाँकी खेलहरू युएईको आबुधाबीमा हुँदैछ । पिसीएलमा अब २० खेलहरू बाँकी रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?