Logo

ललितपुर मेयर्स कपमा आज सुदुरपश्चिम र लुम्बिनी प्रदेश भिड्दै

ई-खेलकुद २०७७ चैत्र २५ , बुधबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेट प्रतियोगीतामा आज एक मात्र खेल हुदैछ । आज तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशले पुछारको टोली सुदुरपश्चिम प्रदेशसंग खेल्नेछ । यी दुई टोलीबिचको प्रतिस्पर्धा किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । लुम्बिनीलाई हराउन सके सुदुरपश्चिमले फाईनलमा स्थानमा सुरक्ष्ँित गर्नेछ । लुम्बिनी प्रदेश भने प्रतियोगीतामा पहिलो अंकको खोजीमा रहेको छ । सुरुवाती दुबै खेल गुमाएको लुम्बिनी प्रदेश सुदुरपश्चिमलाई हराउदै फाईनल प्रबेशको झिनो संभावना कायम रख्न चाहान्छ ।
यसअघि हिजो भएको खेलमा एपीएफ र सुदुरपश्चिम प्रदेश विजयी भएका थिए । लगातार तेस्रो जित निकाल्दै एपीएफ फाईनलमा प्रबेश गरिसकेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा ललितपुर महानगरपालिकाको सहयोगमा जारी प्रतियोगीताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछन् ।

मेयर्स कप सुदुरपश्चिम प्रदेश

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?