Logo

ललितपुर मेयर्स कपमा आज समुहचरणका अन्तिम २ खेल हुदै

ई-खेलकुद २०७७ चैत्र २६ , बिहीबार ०७:०४ मा प्रकाशित

काठमाण्डौ । ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेट प्रतियोगीतामा आज समुहचरणका अन्तिम २ खेल हुदैछन् । दिनको पहिलो खेलमा बिहान ९ बजे प्रदेश एक र ललितपुर मेयर ११ प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै प्रतियोगीताको उपाधि होडबाट बाहिरिसकेका दुबै टोली प्रतियोगीताको सुखद अन्त्यको योजनामा रहेका छन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली प्रतियोगीतामा दोस्रो जित निकाल्ने योजनामा हुनेछन् ।
सोहि मैदानमा दिउँसो १ बजे विभागीय नेपाल एपीएफ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । समुहको शीर्ष स्थानमा रहदै फाईनलमा पुगेको एपीएफ चौथो खेलमा पनि जित निकाल्दै अपराजित रहने लक्ष्यमा हुनेछ । सुरुवाती तीनै खेलमा हार भोगेको लुम्बिनी प्रदेश अन्तिम खेलमा पहिलो अंकको खोजीमा छ ।
ललितपुर मेयर्स कपमा एपीएफ र सुदुरपश्चिम प्रदेशले फाईनलमा स्थान बनाईसकेका छन् ।

प्रदेश एक मेयर्स कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?