Logo

ललितपुर फाल्कन्सबिरुद्ध चितवन राईनोजको फराकिलो जित

ई-खेलकुद २०७६ कात्तिक १ , शुक्रबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । राजधानीमा जारी वुमन च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राईनोजले फराकिलो जित हात पारेको छ । ललितपुर फाल्कन्सलाई ८९ रनले हराउदै चितवनले जितको श्रृखलालाई दोस्रो खेलमा पनि जारी राखेको हो ।
चितवनले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको ललितपुर १७ दशमलव १ ओभरमा ४६ रनमा समेटियो । कप्तान नेरी थापाले बनाएको १७ रन नै ललितपुरको ईनिङसको सर्बाधिक स्कोर रह्यो । अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
चितवनकी कविता गौतमले २ तथा रितु कनोजियाले २ विकेट लिईन् । सुमन खतिवडा र रेखा रावलको नाममा समान एक विकेट रह्यो ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले ३ विकेट गुमाएर १ सय ३५ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा रितु कनोजियाले सर्बाधिक ५८ रनको योगदान गरिन् । प्यारी चौधरीले २२, काजोल श्रेष्ठले १५ र ईन्दु बर्माले १० रनको योगदान गरिन् । ललितपुरकी नेरी थापाले २ तथा करुण भण्डारीले १ विकेट लिईन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?