Logo

लय गुमाएको नेपाली युवा टोली, हरेक खेलमा साख जोगाउनै कठिन

ई-खेलकुद २०७९ जेठ २७ , शुक्रबार ०४:०६ मा प्रकाशित

काठमाडौं । फुटबल र क्रिकेटमा नेपाली उमेर समूहका टोली दक्षिण एसीया र एसीयास्तरमा अब्बल टोलीका रुपमा परिचित थियो । एसीयाली क्रिकेट काउन्सील एसीसी र एसीयाली फुटबल महासंघ एएफसीका प्रतियोगीताहरुमा युवा टोलीको उपस्थिती बलियो रहेको थियो ।

अझ क्रिकेटको प्रतिस्पर्धामा नेपाली टोली सदाबहार उपाधि दाबेदार टोलीका रुपमा रहन्थ्यो । तर नेपाली खेलकुद छोटो समयमा नै निक्कै खस्किएको छ । उमेर समूहका दक्षिण एसीयाली सभागीता होस वा अन्य क्षेत्रीय प्रतिस्पर्धा, नेपालको उपस्थिती सहभागीतामै सिमित बन्ने गरेको छ । यसले नेपाली टोलीको आगामी भविश्यको चित्रण समेत गरेको छ ।

यीनै खेलाडी राष्ट्रिय टोलीका भविश्यका सदस्य समेत रहने भएकाले यो अवस्थाले क्रिकेट र फुटबलको आगामी भविश्यको रेखा कोरेको छ । एसीसीका धेरै प्रतियोगीताको उपाधि भित्र्याएको पुरुष र महिला टोली पछिल्ला बर्षहरुमा उपाधिबिहिन बन्दै आएको छ । उमेर समूहको विश्वपकको समेत अनुभव लिईसकेको टोली अहिले क्षेत्रीय छनोटमै अल्झिएको छ ।

घरेलु खेलकुदको विकासमा राज्यले गरेको कमजोर लगानी नै यसको मुख्य कारण हो ।अझ पुर्बाधारको पर्याप्त विकास हुन नसक्नु, खेलाडीको संरक्षण हुन नसक्दापनि नेपाली खेलकुद कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरुमा खाडी तथा मध्य एसीयाली मुलुकहरुमा बढेको लगानी तथा उनीहरुले आबद्द गराएका आप्रवासी खेलाडीका कारण नेपाल र अन्य कमजोर पुर्बाधार भएका राष्ट्रहरुमाथि चुनौती थप्दै गएको छ ।

उमेर समूहको नतिजाको प्रत्यक्ष प्रभाव सिनियर टोलीमा पनि पर्ने गरेको छ । खेलाडी उत्पादनको अन्य विकल्प नहुँदा सिमित घरेलु खेलकुदबाट खेलाडी छनोट गर्नुपर्ने बाध्यताका कारण क्षमता भएका खेलाडीहरु मुलधारमा आउन सको छैनन् । खेलकुद क्षेत्रमा ब्याप्त राजनितीको असर पनि खेलाडी र खेलकुद क्षेत्रले भोग्नु परेको छ ।

यस्तै अवस्था कायम रहे, नेपालले आफुले बनाएका पुराना रेकर्ड ईतिहासको कथा बन्ने निश्चित छ । आफ्नो विगतको साख जोगाउन पनि नेपाली खेलकुदसामू ठुलो चुनौतीका रुपमा खडा भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?