Logo

लयमा फर्किएको नेपालको ब्याटिङ र प्रशिक्षक वाटमोरको प्रभाव

ई-खेलकुद २०७८ वैशाख ६ , सोमबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेटले पछिल्ला केहि बर्षयता अन्तराष्ट्रिय क्रिकेटमा निक्कै निराशाजनक नतिजा हात पारेको थियो । खस्कदो ब्याटिङस्तर र खेलाडीहरुको गुमेको लयले नेपाली क्रिकेटको भविश्यलाई लिएर अनेकै अडकलबाजी हुदै आएका थिए । आफुभन्दा कमजोर स्तरका टोलीसंगपनि लगातार हारको श्रृखला जारी राखेको नेपाल पछिल्ला केहि बर्षमा विश्वकप छनोटको सब रिजनल छनोटमै सिमित बनेको थियो । कतार, सिंगापुर, मलेसीया र ओमान जस्ता टोलीसंग अप्रत्यासी हारको नतिजापनि नेपालले पछिल्ला २ बर्षमा ब्योहोरेको थियो ।
लगातार कमजोर बनेको नेपाली क्रिकेटले अहिले भने आफ्नो पुरानै लय फर्काउने प्रयास गरिरहेको छ । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय सिरिजका सुरुवाती २ खेलमा नेपालले त्यसको छनक देखाएको छ ।
निक्कै कमजोर अवस्थामा रहेको राष्ट्रिय टोलीको ब्याटिङमा देखिएको परिपक्कता र ओपनिङ जोडीको समस्या अहिले सुल्झने स्थिती देखा परेको छ । अनुभवी र उत्कृष्ट प्रशिक्षक डेभ वाटमोरको आगमनसंगै टोलीको मनोबलमा आएको परिवर्तन र युवा जोशले त्यसलाई साथ दिएको छ । वाटमोरले प्रयोगमा ल्याएको कुशल भुर्तेल र आसिफ शेखको जोडीले सुरुवाती दुबै खेलमा आफुलाई प्रमाणीत गरेसंगै वाटमोरको पहिलो प्रयोग निक्कै सफल भएको छ । ओपनरका रुपमा लामो समयदेखी नेपाली क्रिकेटमा धेरै प्रयोग हुदै आएका थिए । तर सफल हुने छाँटसम्म देखिएको थिएन् ।
युवा खेलाडीको यो स्तरको प्रर्दशनले टोलीको आगामी भविश्यलाई पनि स्पष्ट दिशा तय गरेको छ । अझ खेलाडीको मनोबिज्ञानमा आएको सकारात्मक प्रभावले समग्र टोलीको गतिलाईनै फरक बनाएको छ ।
त्रिकोणात्मक सिरिजका सुरुवाती दुई खेलमै पहिलो विकेटका लागि बनेको शतकिय साझेदारी तथा ब्यक्तिगत रुपमा कुशल भुर्तेलको लगातार दुई अर्धशतक र आसिफ शेखको दर्बिलो साथले टोलीको पहिलो आधार बलियो बनाएको छ ।
यसपछिका खेलाडीहरुको प्रर्दशन तथा निखारता हेर्न बाँकि नै छ तथापी वाटमोरको आगमनसंगै टोलीमा आएको सकारात्मक परिवर्तनले नेपाली क्रिकेटको सुखद भविश्यकको संकेत देखाईरहेको छ ।

ओपनिङ जोडी नेपाली क्रिकेट

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?