
काठमाण्डौ । लगातार दोस्रो हारसंगै बंगलादेश, एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानसंग ३–२ को सेटले पराजित भएसंगै बंगलादेशको यात्रा समुहचरणमै सकिएको हो ।
ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९– २५, १८–२५,२५–२३ र १५–१२ को सेटमा स्तब्ध पार्यो । पहिलो सेटमा सहज जित निकालेको अफगानिस्तानले त्यसपछिका दुई सेट बंगलादेशलाई सुम्पिएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा संर्घषपुर्ण जित निकाल्दै अफगानिस्तानले खेल २–२ को अवस्थामा पुर्यायो । अन्तिम सेटमा १५–१२ को जित निकाल्दै अफगानिस्तानले सेमिफाइनल प्रबेशको संभावना कायम राखेको हो ।
अफगानिस्तानले २ खेलबाट २ अंक जोडेको छ । समान खेलबाट बंगलादेश अंकबिहिन रुपमा तालिकाको पुछारमा रहेको छ ।
