Logo

लक्ष्मीमार्ग गोल्डकप असोज ४ गतेबाट

ई-खेलकुद २०७६ भदौ २७ , शुक्रबार १०:०९ मा प्रकाशित

लक्ष्मीमार्ग । लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता असोज ४ गतेबाट सुरु हुने भएको छ । डागीहाट युवा क्लबको आयोजनामा हुने प्रतियोगीता मोरङको लक्ष्मीमार्गमा हुनेछ । ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र सुनसरीको धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

बिजेताले ५ तथा उपबिजेताले २ लाख ५० हजार रुपैया हात पार्ने प्रतियोगितामा झापा ११, शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, बुटबलको गोर्खा ब्वाईज, मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र भारतको रोयल क्लब वेष्ट बंगालले सहभागीता जनाउनेछन् ।
प्रतियोगिता असोज १० गतेसम्म चल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?