Logo

लक्ष्मीमार्ग गोल्डकपमा आज पुलिस र वेष्ट बंगाल भिड्दै

ई-खेलकुद २०७६ असोज ७ , मंगलबार ०९:०९ मा प्रकाशित

बेलवारी । मोरङको बेलवारीमा जारी लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाईनलमा आज विभागीय नेपाल पुलिस र रोयल क्लब वेष्ट बंगाल भारतबिच प्रतिस्पर्धा हुदैछ । लक्ष्मीमार्गस्थित स्थानिय बिद्यालयको खेल मैदानमा अपरान्ह साढे ३ बजे २ क्लबबिचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको विजेताले सेमिफाइनलमा विभागीय टोली एपीएफको सामना गर्नेछ । एपीएफले झापा ११ लाई हराउदै यसअघि नै अन्तिम चारको यात्रा तय गरिसकेको छ ।
यसअघि हिजो भएको खेलमा गोर्खा व्वाईज क्लब रुपन्देहिलाई ३–२ ले हराउदै मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ प्रतियोगीताको अनितम चारमा प्रबेश गरेको छ । गोल्डकपको उपाधि विजेताले ५ लाख रुपैया हात पार्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?