Logo

रोहित शर्मा, वेन स्टोक्स र क्रिस गेलभन्दा पारस खड्का अगाडी

ई-खेलकुद २०७६ भदौ २१ , शनिबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टी–२० वरियता अन्तर्गत अलराउण्डरतर्फ बिश्व चर्चित ब्याट्सम्यानलाई पछि पारेका छन् । आईसीसीले सार्बजनिक गरेको बरियतामा खड्का ९० रेटिङ अंकसंगै बरियताको २७ औ स्थानमा रहेका हुन् ।
उनले भारतका ब्याट्सम्यानहरु रोहित शर्मा, सुरेश रैना, वेष्ट ईण्डिजका क्रिस गेल र आन्द्रे रसेल तथा बेलायतका वेन स्टोक्सलाई पछि पारेका हुन् । अलराउण्डरमा २७ औ स्थानमा रहेका पारस ब्याटिङतर्फ भने ६८ औ स्थानमा छन् ।
अलराउण्डरको वरियतामा नेपालका सोमपाल कामी ४९ रेटिङ अंक सहित ६७ औ स्थानमा छन् । बलिङतर्फ बसन्त रेग्मी र सोमपालले नेपालको प्रतिनिधित्व गरेका छन् । सो बरियतामा बसन्त ७२ औ र सोमपाल ७८ औ स्थानमा रहेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?