Logo

रोहितको अर्धशतकमा नेपालले पिएनजीलाई दियो २ सय ३४ रनको लक्ष्य

ई-खेलकुद २०७८ भदौ २५ , शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । अन्तराष्ट्रिय मैत्रीपुर्ण वन डे क्रिकेटमा नेपालले पपुवा न्यु गीनी पिएनजीसामु २ सय ३४ रनको चुनौती प्रस्तुत गरेको छ । ओमानको अल एमिरातस्थित टर्फ वानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ४ बल अगावै २ सय ३३ रनमा समेटिएको हो ।
कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्यक्रमका व्याट्सम्यानले उकासेका थिए । रोहित कुमार पौडेलले ८६ रन बनाएको ईनिङसमा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो अर्धशतक हो ।

करण केसीले ४२ र सोमपाल कामीले ११ रन जोडे । बिष्फोटक व्याटिङ गरेका करणले २५ बल खेल्दै ४ छक्का र २ चौकाको मद्दतमा ४२ रन बनाएका हुन् । बिनोद भण्डारीले १७ रन जोडे ।
पिएनजीका चाड सोपरले ३ तथा नोरमान भानुआ र काबुआ मोरेयाले समान २ विकेट लिए । कार्लेस अमिनीले एक विकेट लिए । बिनोद र सन्दिप लामिछाने रनआउट भएका थिए ।
यसअघि भएको पहिलो खेलमा नेपालले २ विकेटको संर्घषपुर्ण जित निकालेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?