Logo

रोमाञ्चक जितसँगै एपीएफ सेमिफाइनल नजिक

ई-खेलकुद २०७८ पुस २९ , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगीताको सेमिफाइनल नजिक पुगेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा उसले गण्डकी प्रदेशलाई २ रनले पराजित गर्यो । मुलपानी क्रिकेट मैदानमा एपीएफले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले ७ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रन बनाएपनि त्यो गण्डकीलाई लक्ष्यसम्म पुर्याउन पर्याप्त भएन् । विधान श्रेष्ठले २९ रन बनाए । एपीएफका कमल ऐरीले तीन तथा किशोर महतोले दुई विकेट लिए । अविनाश बोहराको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ १८ दशमलब ४ ओभरमा ९२ रनमा समेटिएको थियो । एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रन बनाए । गण्डकीका कमल परियारले तीन तथा विशाल पौडेलले दुई विकेट लिए । कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले एक–एक विकेट हात पारे । जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । एपीएफले यसअघि प्रदेश २ र बागमती प्रदेशलाई हराएको थियो । जारी प्रतियोगीतामा गण्डकीको भने यो लगातार दोस्रो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?