Logo

रोनाल्डो युनाईटेड अघि पोर्चुगीस टोलीमा

ई-खेलकुद २०७८ भदौ १५ , मंगलबार ०७:०८ मा प्रकाशित

एजेन्सी । ईटालीबाट ईङलिश क्लब म्यानचेष्टर युनाईटेड आएका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युनाइटेडबाट सार्वजनिक हुनुभन्दा पहिले राष्ट्रिय टोलीमा फर्किएका छन् । विश्वकप छनोटका खेल खेल्नका लागि ३६ वर्षीय रोनाल्डो पोर्चुगल फुटबल टिममा फर्किएका हुन् । पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्ड, कतार र अजरबैजानसँग खेल्नेछ ।
अब, उनको मेडिकल लिस्बनमा यसै साताभित्र भइसक्ने छ । रोनाल्डो र युनाइटेडबीच दुई वर्षे सम्झौता गर्ने सहमति भएको जनाएको छ ।रोनाल्डोले सेप्टेम्बर ११ मा न्युकासलसँग खेल्दै युनाइटेडबाट दोस्रो पटक डेब्यु गर्न सक्ने सम्भावना छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?