Logo

रोनाल्डो ईन्स्टाग्रामबाट सर्बाधिक धेरै कमाउने खेलाडी

ई-खेलकुद २०७८ असार १८ , शुक्रबार ०८:०७ मा प्रकाशित

एजेन्सी । पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने व्यक्ति बनेका छन् । सोसल मिडिया मार्केटिङ संस्था ‘होपर एचक्यू’ले सार्बजनिक गरेको सुचीमा रोनाल्डो सर्बाधिक कमाई गर्नेको सुचीको शीर्ष स्थानमा रहेका हुन् ।
सो संस्थाका अनुसार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा एउटा विज्ञापन पोस्ट गर्दा १.६० मिलियन अमेरिकन डलर लिने गरेका छन् । ईटालियन क्लब युभेन्टसका स्टार रोनाल्डोले रेस्लर तथा अभिनेता ड्वाने ‘द रक’ जोनसनलाई उछिन्दै शीर्ष स्थान बनाएका हुन् ।
पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले सन् २०१७ बाट मा इन्स्टाग्राम चलाउन थालेका हुन् । उनले हालसम्म तीन सय आठ मिलियन फ्लोअर्स बनाएका छन् । द रकसँग भने दुई सय ५० मिलियन फलोअर्स छन् । उनले प्रतिपोस्ट १.५२ मिलियन डलर कमाउँछन् ।
यस्तै पपस्टार एरियाना ग्रान्डे तेस्रो स्थानमा छिन् । उनले प्रतिपोस्ट १.५१ मिलियन डलर कमाउँछिन् । स्टार फुटबल खेलाडी लियोनल मेस्सी सातौँ स्थानमा छन् । दुई सय २४ मिलियन फलोअर्स भएका मेस्सीले प्रतिपोस्ट १.१ डलर आम्दानी गर्छन् ।
टप टेन सूचीः
१. क्रिस्टियानो रोनाल्डो–१.६० मिलियन डलर प्रतिपोस्ट
२. द रक– १.५२ मिलियन डलर प्रतिपोस्ट
३. एरियाना ग्रान्डे– १.५१ मिलियन डलर प्रतिपोस्ट
४. केली जेनर– १.४९ मिलियन डलर प्रतिपोस्ट
५. सेलेना गोमेज– १.४६ मिलियन डलर प्रतिपोस्ट
६. किम कर्दासियन– १ं४१ मिलियन डलर प्रतिपोस्ट
७. लियोनल मेस्सी– १.१६ मिलियन डलर प्रतिपोस्ट
८. बियोन्सी नलेज– १.१४ मिलियन डलर प्रतिपोस्ट
९. जस्टिन बेबर– १.११ मिलियन डलर प्रतिपोस्ट
१० केन्डल जेनर– १.०५ मिलियन डलर प्रतिपोस्ट


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?