Logo

रोनाल्डोको किर्तिमानी गोलमा म्यान युनाईटेड विजयी

ई-खेलकुद २०७८ मंसीर १७ , शुक्रबार ०९:१२ मा प्रकाशित

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको किर्तिमानी गोलमा ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनललाई तीन दुई गोल अन्तरले हराउदै युनाईटेडले तालिकामा अंक थपेको हो । म्यानचेस्टरको जितमा रोनाल्डोले दुई तथा ब्रुनो फर्नान्डेजले एक गोल गरे। रोनाल्डो आफ्नो खेल करियरको ८०० औ गोल गर्न सफल रहे।

पराजित आर्सनलका लागि इमिल सिथ रोवी र मार्टिन ओडेगार्डले एक एक गोल गरे। जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमायो । आर्सनल २३ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?