Logo

रोकिएका घरेलु प्रतियोगिता तत्काल सुरु गर्छु : क्यान अध्यक्ष चन्द

ई-खेलकुद २०७६ असोज १३ , सोमबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले रोकिएका घरेलु प्रतियोगीता तत्काल सुरु गर्ने बताउनुभएको छ । क्यान आईसीसीको निलम्बनमा परेपछि रोकिएका घरेलु प्रतियोगिता तत्काल सुरु गर्दै एकदिवसीय प्रतियोगितामा बिशेष जोड दिईने उहाँले बताउनुभयो ।

ईखेलकुदसंग कुराकानी गर्दै अध्यक्ष चन्दले घरेलु प्रतियोगितासंगै भौतिक पुर्बाधकारका कामलाई पनि गति दिने उल्लेख गर्नुभयो । स्थानियस्तरबाटै प्रतियोगिता सञ्चालनका लागि ग्रासरुट कार्यक्रमलाई सञ्चालन गर्ने बताउदै त्यसका लागि सातै प्रदेशमा क्रिकेट रंगशाला बनाउने कामलाई तिब्र गतिमा अघि बढाउने उल्लेख गर्नुभयो ।
सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताउदै अध्यक्ष चन्दले नेपाली क्रिकेटको विकासका लागि बिज्ञ टोलीलाई क्यानमा राख्ने समेत उल्लेख गर्नुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?