
डिफेण्डिङ च्याम्पियन ईलामको रेड हर्स क्लब चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो क्वार्टरफाइनलमा फिदिम स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा ३–२ को जित निकाल्दै रेड हर्सले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो ।
