
ताप्लेजुङ । सुनसरीको एलेभेन एरोज क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल रेड हर्ष क्लब ईलामलाई २–० ले हराउदै एलेभेन एरोज प्रतियोगिताको उपाधी नजिक पुगेको हो ।
खेलको ३५ औ मिनेटमा यानिक ओवानाको गोलबाट अग्रता बनाएको सुनसरीका लागि ४४ औ मिनेटमा श्याम चौधरीले अर्को गोल थपेका थिए । खेलमा सुनसरीका यानिक ओवाना म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया पाए ।
सुनसरीले गोल्डकपको उपाधीका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासंग शनिवार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोली मोरङको डाँगीहाट फुटबल क्लब र झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार र उपविजेता टिमले १ लाख ५१ हजार हात पार्नेछन् ।
