Logo

रेड स्टार क्लब, पाथीभरा गोल्डकपको सेमिफाइनलमा

ई-खेलकुद २०७६ भदौ ३ , मंगलबार ०७:०८ मा प्रकाशित

ताप्लेजुङ । डिफेण्डिङ च्यामिपयन रेड स्टार क्लब बिर्तामोड, ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको अन्तिम क्वार्टरफाइनलमा अर्को झापाली क्लब गोर्खा स्पोर्टिङलाई १–० ले हराउदै रेड स्टारले अनितम चारको यात्रा तय गरेको हो । रेड स्टारको जितमा खेलको ५२ औ मिनेटमा योगेश गुरुङको गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोली राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीसहित मैदान उत्रिएका थिए । खेलमा रेड स्टारका गोल रक्षक विवस चौधरी म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार नगद हात पारे । १ विदेशी सहित १० टोली सहभागी गोल्डकपमा भोलीबाट सेमिफाईनल चरणका खेल सुरु हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?