Logo

रुबिना चम्किएपछि ललितपुरबिरुद्ध सहज जित निकाल्दै काठमाण्डौ प्ले अफमा

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटको प्ले अफमा प्रबेश गरेको छ । तेस्रो जित निकाल्ने क्रममा आज ललितपुर फाल्कोन्सलाई ८ विकेटले हराउदै काठमाण्डौले प्लेअफ चरणको यात्रा तय गरेको हो । जारी प्रतियोगितामा काठमाण्डौ प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ६ रनको लक्ष्य काठमाडौंले १६ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो । कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ५९ रन बनाउदै टोलीको जित निश्चित पारिन् । रोमा थापाले १८ रनको योगदान दिईन् ।
ललितपुरकी सम्झना खड्का र अलिसा केसीले समान एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । रोशनी बोहराले अविजित रहदै २९ र नेरी थापाले २२ रन बनाएपनि टोलीलाई ठुलो स्कोरसम्म पुर्याउन सकेनन् । काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट लिईन् । लगातार तेस्रो हारसंगै ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?