Logo

रुबिनाको कमानीमा महिला क्रिकेट टोलीको घोषणा, ज्योती वैकल्पिकमा

ई-खेलकुद २०७६ कात्तिक २८ , बिहीबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नियमित कप्तान रुबिना क्षेत्रीको कमानीमा घोषणा गरिएको टोलीमा सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी र अन्जली चन्दले स्थान बनाएका छन् । त्यस्तै सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डोली भट्ट र कविता कुवरपनि सागको महिला क्रिकेट टोलीमा परेका छन् ।
भर्खरै सम्पन्न वुमन्स च्याम्पीयन्स लिग डब्लुसीएलमा उत्कृष्ट प्रर्दशन गरेका ज्योती पाण्डे र अस्मिना कर्माचार्य वैकल्पिक खेलाडीमा रहेका छन् । यी २ संगै संगीता राईपनि सो सुचीमा रहेकी छिन् । महिला क्रिकेट टोलीबाट नेपालले पदकको आशा गरेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?