Logo

रियो ओलम्पिकका ३६ रेफ्रिलाई टोकियो ओलम्पिकमा प्रतिबन्ध

ई-खेलकुद २०७६ मंसीर ५ , बिहीबार १०:११ मा प्रकाशित

एजेन्सी । टोकियो ओलम्पिकमा ३५ बक्सिङ रेफ्रि र निर्णायकलाई प्रतिबन्ध लागेको छ । ब्रजिलको रियो ओलम्पिकमा सहभागी ती रेफ्रिलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिले नै प्रतिबन्ध लगाएको हो । रियो ओलम्पिकका क्रममा शंकास्पद निर्णय गरेको तथा उनीहरुको निर्णयमा विवाद समेत आएकाले प्रतिबन्धको घोषणा गरिएको कमिटिले जनाएको छ । टोकियो ओलम्पिकका लागि अन्तराष्ट्रिय बक्सिङ संघबाट नया“ रेफ्रि ल्याउने गरी तयारी भईरहेको छ ।
यो प्रतिबन्धसंगै ती रेफ्रिमाथी एआईबीएले छानबिन थाल्ने जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?