
एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो छैठौ खेलमा गएराती ओसासुनालाई २–० ले हराउदै रियल, तालिकाको शीर्ष स्थानमा फर्किएको हो । ६ खेलबाट १४ अंक जोडेको रियलले एट्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको हो । उसको जितमा भिनिसियस जुनियर र सिल्भा डि गोएजले एक एक गोल गरे । ५५ प्रतिशत बल पोजिशनको खेलमा रियल मड्रिडले अधिकांश समय ओसासुनामाथी दबाव बनाएको थियो ।
एट्लेटिको मड्रिडले मायोरकालाई २–० ले हराउदा, गएरातीका बा“कि २ खेल भने बराबरीमा सकिएका छन् । भ्यालेन्सीया र गेटाफेले ३–३ को बराबरी खेल्दा, एथ्लेटिको बिल्वाओ र लेगानेसले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।
