Logo

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

ई-खेलकुद २०७६ कात्तिक १४ , बिहीबार ०९:१० मा प्रकाशित

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा लेगानेशलाई ५–० ले हराउदै रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । ६१ प्रतिशत बल पोजिशनको खेलमा रियलल पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल गर्दै उसले शानदार जित हात पारेको हो । रियलको जितमा सिल्भा डि गोईज, टोनी क्रुज, सर्जियो रामोस, करिम बेन्जीमा र लुका जोभिकले गोल गरे । १० खेलबाट २१ अंक जोडेको रियलले ग्रानाडालाई १ अंकले पछि पार्दै शीर्ष स्थानको बार्सिलोनासंगको दुरी १ अंकमा पुर्याएको छ । गएराती नै एथ्लेटिको बिल्वाओले स्पानियोललाई ३–० ले हराउदै तालिकाको आठौ स्थानमा उक्लिएको छ । रियल सोसिडाडलाई २–१ ले हराएको लेभान्ते १० औ स्थानमा उक्लदा, रियल बेटिस १५ औ स्थानमा उक्लिएको छ । सेल्टा डि भिगोलाई २–१ ले हराउदै बेटिसले तापलकामा सुधार गरेको हो ।
भ्यालेन्सीया र सेभियाले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि भ्यालेन्सीया ११ औ स्थानमा उक्लदा सेभिया ५ औ स्थानमा यथावत रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?