Logo

रियल मड्रिड र म्यान सिटी सेमिफाईनलमा, लिभरपुल बाहिरियो

ई-खेलकुद २०७८ वैशाख २ , बिहीबार ०५:०४ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड र ईङलिश क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रबेश गरेका छन् । क्वार्टरफाईनलको दोस्रो लेगमा लिभरपुलसंग गोलरहित बराबरीको नतिजा निकाल्दै रियलले समग्रमा ३–१ को जित निकाल्यो । घरेलु मैदानमा खेलमा बल पोजिशनमा पकड बनाएपनि लिभरपुलले पाएका अवसर भने सदुपयोग गर्न सकेन् । उसका आधा दर्जन प्रहार खेर गएका थिए ।
बेरुसिया डर्टमण्डलाई २–१ ले हराएको म्यानचेष्टर सिटीले समग्रमा ४–२ को नतिजा हात पार्यो । खेको १५ औ मिनेटमा डर्टमण्डले बनाएको अग्रता उल्टाउदै सिटीले पुनरागमन जित निकालेको हो । ५५ औ मिनेटमा रियाज महारेजले पेनाल्टिमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७५ औ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटिलाई सहज जित दिलाए ।

च्याम्पियन्स लिग रियल मड्रिड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?