Logo

रियलसंग भास्क्वेजको थप तीन बर्ष सम्झौता

ई-खेलकुद २०७८ जेठ २० , बिहीबार ०८:०६ मा प्रकाशित

एजेन्सी । रियल मड्रिडका मिडफिल्डर लुकास भास्क्वेजले क्लबसँगको सम्झौता लम्ब्याएका छन् । सन् २०१५ मा स्पानियोलबाट रियल आएका भास्क्वेजले थप तीन सिजन रियलमै बिताउने भएका हुन् ।
रियलले स्पेनिस खेलाडी भास्क्वेजसंग सन् २०२४ सम्मका लागि नयाँ सम्झौता गरेको हो । २९ वर्षीय भास्क्वेज ३० जुन २०२४ सम्म रियलमै रहने भएका छन् ।
भास्क्वेजले रियलको जर्सीमा दुई सय ४० खेलमा २६ गोल गरेका छन् । उनी तीन वटा च्याम्पियन्स लिग र दुई वटा ला लिगाको उपाधि जित्न सफल भएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?