Logo

रित गौतमको अर्धशतकमा नेपालद्धारा श्रीलंकासामु १ सय ६० रनको लक्ष्य

ई-खेलकुद २०७६ भदौ २० , शुक्रबार ०२:०९ मा प्रकाशित

काठमाण्डौ । एसीसी अण्डर १९ एसियाकप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासामु १ सय ६० रनको चुनौती प्रस्तुत गरेको छ । कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रनको मध्यम योगफल तयार पारेको हो ।
ओपनर रित गौतमले सर्बाधिक ५४ रन बनाएको ईनिङसमा कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । रासिद खानले अबिजित १५ र हरी बहादुर चौहानले १२ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
श्रीलंकाका नाभोद दिनुश्री र दिल्साहान मादुशंकाले नेपालको समान ३ विकेट लिए । १ सय ६० रनको लक्ष्यसहित श्रीलंकाले केहिबेरमा जवाफि ब्याटिङ सुरु गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?