
काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगीतामा आज एक मात्र खेल हुदैछ । लिगमा आज विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका रौतहतबिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबिचको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे सुरु हुनेछ ।
एकअर्काबिरुद्ध मैदान उत्रदा चन्द्रपुर दोस्रो र विराटनगर पहिलो जितको खोजीमा रहनेछन् । चन्द्रपुरले रौतहटको चौदण्डीगढी नगरपालिकालाई हराएको थियो । विराटनगरले वालिङ नगरपालिकासंग एक एकको बराबरी खेलेका थिए । बाँकि एक खेलमा दुबै टोली पराजित भएका थिए ।
यसअघि हिजो भएको खेलमा एपीएफले आर्मीलाई २–० ले तथा पुलिस र वालिङ नगरपालिकाले एक एक गोलको बराबरी खेलेका थिए ।
