Logo

राष्ट्रिय महिला टोली आज उज्वेकिस्तान जाँदै

ई-खेलकुद २०७८ भदौ २८ , सोमबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज उज्वेकिस्तान जाँदैछ । एएफसी एसियन कप–२०२२ महिला छनोट प्रतियोगिता खेल्न नेपाली टोली त्यसतर्फ जान लागेको हो । नेपाली टोली राती ११ बजे टर्किको स्तानबुल हुँदै उज्वेकिस्तानका लागि उड्ने छ । छनोट प्रतियोगिता अघि नेपालले घरेलु मैदानमा बंगलादेशसंग २ वटा मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो खेलमा २–१ गेलको जित निकालेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।
जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग असोज २ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले असोज ५ गते हङकङसंग खेल्नेछ । समूहको शीर्ष टोलीले भारतमा हुने एसियन कपमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?