Logo

राष्ट्रिय महिला क्रिकेट टोलीमा १५ बर्षिया हिरनमयीको धमकेदार डेब्यु

ई-खेलकुद २०७९ जेठ ६ , शुक्रबार ०६:०५ मा प्रकाशित

काठमाडौं । उमेरले १५ बर्ष ५४ दिनमा राष्ट्रिय टोलीको जर्सी लगाउन सफल झापाकी हिरनमयी रोएले महिला क्रिकेट टोलीमा धमकेदार डेब्यु गरेकी छन् । युगाण्डाविरुद्वको खेलमा टोलीको सदस्यका रुपमा मैदान उत्रिएकी हरनमयीले उत्कृष्ट प्रर्दशन गर्दै लामो भविश्यको संकेत देखाएकी हुन् । पुर्ब क्रिकेटर लाक्पा लामाले खोलेको एकेडेमीबाट राष्ट्रिय टोलीसम्म आईपुगेकी उनले पहिलो खेलमै अविश्वसनीय प्रर्दशन गर्दै प्रशिक्षक र दर्शकको मन जितेकी हुन् । युगाण्डाविरुद्वको खेलमा मात्र ३ ओभर बलिङ गरेकी उनले मात्र ११ रन खर्चिएर महत्वपूर्ण २ विकेट हात पारिन् । उनकै ओभरमा एक जना रनआउट भएका थिए भने एउटा क्याच ड्रप भएको थियो । ३ दशमलव ६६ को औषतमा बलिङ गरेकी उनले युगाण्डाका ब्याटरलाई कुनैपनि बाउन्ड्री प्रहार गर्न दिईनन् । डेब्यु खेलकै म्यान अफ दि म्याच समेत बनेकी रोए झापाको सामान्य परिवारमा जन्मीएकी खेलाडी हुन् । यद्यपी क्रिकेटप्रतिको रुचीकै कारण उनलाई विद्यालयकै अग्रसरतामा एकेडेमीसम्म पुर्याईएको थियो ।


स्पिन बलिङमा निक्कै कुशलतापुर्वक बल फाल्न माहिर हिरनमयी टोलीका लागि महत्वपूर्ण खेलाडी बन्ने संभावना देखाएकी हुन् । महिला टोलीमा कमजोर बलिङको अभाव टार्न उनको आगमनले ठुलो भुमिका खेल्ने प्रशिक्षक जगत टमाटा बताउछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?