Logo

राष्ट्रिय टोलीका १२ खेलाडी समेट्दै मछिन्द्रको टोली घोषणा

ई-खेलकुद २०७६ मंसीर २७ , शुक्रबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय फुटबल टोलीका १२ खेलाडीलाई समेट्दै मछिन्द्र क्लबले आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि टोलीको घोषणा गरेको छ । बिराज महर्जनको कमानीमा घोषणा भएको टोलीमा सुजल श्रेष्ठ, अबिशेक रिजाल, रेजिन सुब्बा, विशाल राई, हेमन गुरुङ, योगेश गुरुङ रहेका छन् । त्यस्तै रंजित धिमाल, देवेन्द्र तामाङ, विजय धिमाल लगायत खेलाडी पनि यस पटक मछिन्द्रको जसीमा रहनेछन् । खेलाडी अनुबन्धनमा मात्र १ करोडभन्दा बढि खर्च गरेको मछिन्द्रले विदेशी खेलाडीका रुपमा आदेलाजा सोमीडे, आन्द्रेस निया र पिटर सेगुनलाई टोलीमा राखेको छ ।
यसबाहेक बुद्ध चेम्जोङ, बिशाल श्रेष्ठ, दिपक राई लगायतका खेलाडीलाई पनि टोलीमा भित्र्याएको छ । सान मिगलको मुख्य प्रायोजन रहेको मछिन्द्र क्लबलाई पुर्ब खेलाडी प्रबेश कटुवालले प्रशिक्षण दिनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?