Logo

राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरबाटै ओमान जादै

ई-खेलकुद २०७६ असोज १६ , बिहीबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली ५ राष्ट्र सहभागी टि–२० सिरिज खेल्न उतैबाट ओमान जादैछ । जिम्बावेसमेत सहभागी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज दिउँसो ओमान जान लागेको टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिनुभयो । टोली सिंगापुरको स्थानिय समयानुसार दिउसो सवा ३ बजे ओमानका लागि उड्ने छ ।
आसन्न ग्लोबल क्वालिफायरको तययारीमा रहेको ओमानले आयोजना गरेको सिरिज शनिबार सुरु हुदैछ । नेपालले आईतबार हङकङसंग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिरिजमा नेपाल र ओमानसंगै आयरल्याण्ड, नेदरल्याण्ड्स र हङकङ सहभागी छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?