Logo

राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै

ई-खेलकुद २०७८ भदौ ८ , मंगलबार ०६:०८ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी विश्वकप क्रिकेट लिग टु को सिरिज र पपुवा न्यु गिनीसंगको मैत्रीपुर्ण खेलका लागि नेपाली टोली ओमान जान लागेको हो । ज्ञानेन्द्र मलल कमानीको १७ सदस्सीय टोली बिहान ८ बजे सलाम एयरको विमानबाट मस्कट जाने नेपाल क्रिकेट संघले जनाएको छ ।
नेपाली टोलीमा तिब्र गतिका बलर गुलशन झा पहिलो पटक परेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ । त्यसअघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल भदौ २० मा खेल्नेछ । अर्को खेल भदौ २३ मा हुनेछ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?