Logo

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट

ई-खेलकुद २०७७ चैत्र २४ , मंगलबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा हुने त्रिकोणात्मक टि–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षण सुरु गरेको छ । आजबाट सुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी राखिएको छ । नेदरल्याण्ड्स र मलेसीयासंगको सिरिजका लागि क्यानले ११ दिनको बन्द प्रशिक्षण सुरु गरेको हो । बैसाख ४ देखी ११ गतेसम्म चल्ने सिरिजको बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी र करण केसीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । त्यस्तै सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम र कमल सिंह ऐरी पनि बन्द प्रशिक्षणमा छन् । अन्य खेलाडीहरुमा सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशी रहनेछन् । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगीताका सबै खेलहरु किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।

क्यान बन्द प्रशिक्षण

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?