
ईनरुवा । सशस्त्र प्रहरीको एपीएफ क्लबले सुनरीको इनरुवामा जारी रात्रिकालिन टि–ट्वान्टी क्रिकेट प्रतियोगिमा बिजयी सुरुवात गरेको छ । इनरुवा खेल मैदानमा गएराति भएको खेलमा एपीएफले सप्तरीलाई १ सय ३९ रनको फराकिलो अन्तरमा पराजित गर्यो । एपीएफले दिएको २ सय १ रनको उच्च लक्ष्य पछ्याएको सप्तरी ६१ रनमा समेटिएपछि एपीएफ फराकिलो जित निकाल्न सफल बन्यो । उसका लागि विकास दासले १२ र मेहबुब आलमले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको एफिएफले ३ विकेट गुमाएर २ सय रनको उच्च योगफल तयार पारेको थियो । एपीएफका लागि आसिफ सेखले ९५ रनको योगदान गरे । उनले ७ चौका र ६ छक्का प्रहार गरे ।
प्रतियोगीतामा आज राति जनकपुर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
