Logo

रात्रिकालीन क्रिकेट आज सुरु हुदै, उद्घाटन खेलमा जनकपुर र चितवन भिड्दै

ई-खेलकुद २०७६ असोज ४ , शनिबार ०९:०९ मा प्रकाशित

ईनरुवा । दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवामा आज सुरु हुदैछ । फुलबारी क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज जनकपुर र चितवनबिच प्रतिस्पर्धा हुनेछ । ईनरुवास्थित जेल फिल्ड मैदानमा दिउँसो २ बजे उद्घाटन समारोह हुने र खेल भने साँझ ५ बजे सुरु हुने आयोजकले जनाएको छ
प्रतियोगितामा तीन विभागीयसहित १६ वटा टिमको सहभागिता रहने छ । पहिलो संस्करणमा १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए । १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एलइटी स्टम्प र लोगोसहितको बल प्रयोग गरिनेछ । प्रतियोगिताको उपाधि बिजेता टिमले २ लाख र उपविजेताले एक लाख रुपैयाँ हात पार्ने छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?