Logo

रात्रिकालीन क्रिकेटको दोस्रो संस्करण शनिबारबाट

ई-खेलकुद २०७६ असोज २ , बिहीबार ११:०९ मा प्रकाशित

ईनरुवा । सुनसरीको इनरुवामा असोज पहिलो साता दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । फुलबारी क्रिकेट क्लबको आयोजनामा इनरुवास्थित खेल मैदानमा हुने प्रतियोगितामा तीन विभागीयसहित १६ वटा टिमको सहभागिता हुने भएको छ । पहिलो संस्करणमा १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए । असोज ४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको प्रतियोगिताका लागि मैदान व्यवस्थापन लगायतका काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यसपालिको प्रतियोगितामा एलइटी एटम्प र लोगोसहितको बल प्रयोगमा ल्याइने भएको छ ।

प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, धनगढी, विराटनगर, चितवन, जनकपुर, सप्तरी, झापा, वीरगञ्ज, बेलबारी, धरान, दुहबी र आयोजक फुलबारी क्लबको टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि बिजेता टिमले २ लाख र उपविजेताले एक लाख रुपैया“ हात पार्ने छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?