Logo

रबिन्द्रजंग शाहिको कमानीमा कर्णाली प्रदेशको टोली घोषणा

ई-खेलकुद २०७७ पुस २८ , मंगलबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप क्रिकेटको लागि कर्णाली प्रदेशको टोली घोषणा गरिएको छ । कर्णालीले आज रबिन्द्रजंग शाहिको कमानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टोलीमा निश्चल रावल, दिवान पुन, हिमांशु शाहि, दितेश अधिकारी, विपिन रावल, राजकुमार शाह, युनिस बिक्रम सिंह र हेमन्त ओली रहेका छन् । टोलीका अन्य सदस्यहरुमा ललित प्याकुरेल, अनुज चुनरा, ताराप्रसाद गीरी, रुपक दाहाल र अबिशेक बम ठकुरी रहेका छन् ।
कर्णाली प्रदेश पौल फरेराको प्रशिक्षणमा रहनेछ । भुवन काईराला टोलीको म्यानेजरका रुपमा रहनेछन् । कर्णाली प्रदेशको टोलीले ५ दिन नेपालगन्जमा तयारी गर्नेछ । पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

कर्णाली प्रदेश प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?