Logo

रंगशाला निर्माणको प्रगती अभुतपुर्व : कप्तान ज्ञानेन्द्र मल्ल

ई-खेलकुद २०७७ मंसीर ८ , सोमबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चितवनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको भौतिक प्रगती अभुतपुर्व रहेको बताउनुभएको छ । भरतपुरमा निर्माणाधिन रंगशालाको अवलोकन गर्दै कप्तान मल्लले रंगशाला निर्माणमा भएको प्रगती उत्साहजनक भएको उल्लेख गर्नुभयो ।
आफुले सुनेको र अनुमान गरेभन्दा बढि भौतिक प्रगती भएको भन्दै कप्तान मल्लले रंगशाला निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने बाचा समेत गर्नुभयो । रंगशालाको प्याराफिट र मैदानको कामपनि द्रुत गतिमा भएको आफुले पाएको मल्लको भनाई थियो । जनस्तरबाट निर्माण भईरहेको रंगशालाको भौतिक प्रगती ९० प्रतिशत पुरा भईसकेको छ । प्रतिकुल परिस्थतीमा पनि निर्माणको काम भईरहेको रंगशालामा अहिले संरचनात्मक काम भईरहेको छ ।


कप्तान मल्लसंगै क्रिकेट संघका केन्द्रीय सदस्य छुम्बी लामा, बाग्मति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान लगायतका पदाधिकारी मैदान अवलोकन गरेका थिए ।
२०७५ साल माघ १६ गते निर्माण सुरु भएको रंगशाला आगामी १८ महिनामा सम्पन्न गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । रंगशाला ३० हजार दर्शक क्षमताको छ ।

ज्ञानेन्द्र मल्ल रंगशाला

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?