
एजेन्सी । यूरोपा लिगमा म्यानचेष्टर युनाइटेड, आर्सनल, सेभिया, डिनामो केइभ, पी.एस.भी आइण्डहोभन लगायतले जित निकालेका छन् । गएराति भएको समूह चरणको खेलमा इङलिस क्लव म्यान युनाइटेडले गृहमैदानमा काजकिस्तानको एफ.सी अस्तानालाई १–० ले पाखा लगायो । म्यान युनाइटेडको जितमा म्यासन ग्रीन उडले ७३ औं मिनेटमा निर्णायक गोल गरे ।
त्यस्तै आर्सनलले जर्मन क्लव एन्ट्रयाक्ट फ्रयाङ्कफर्टलाई ३–० ले हरायो । जोसेफ विल्वोक, बुकायो साका र पेरे एमरिक अबुमियाङले गोल गर्दै गनर्सलाई ३ अंक दिलाए ।
सेभियाले काराबाग एफ.के लाई ३–० ले, डिनामो केइभले माल्मोइ एफ.एफलाई १–० ले, पी.एस.भीले स्पोर्टिङ सीपीलाई ३–२ ले हरायो । त्यस्तै स्लोभान ब्रातिस्लाभाले बेस्कितासलाई ४–२ ले, रोमाले इस्तानबुल बासाकशेरलाई ४–० ले, लुडो गोरेट्स राजगार्डले सी.एस.के.ए मस्कोलाई ५–१ ले पराजित गर्यो ।
