Logo

युरो छनोट फुटबल : नेदरल्याण्ड्सले जर्मनीलाई हरायो, वेल्स र बेल्जियम बिजयी

ई-खेलकुद २०७६ भदौ २१ , शनिबार ०९:०९ मा प्रकाशित

एजेन्सी । युरो छनोट फुटबल अन्तर्गत गएरातीका खेलमा नेदरल्याण्ड्स, वेल्स बेल्जियम, रसिया र क्रोएसिया बिजयी भएका छन् । नेदरल्याण्ड्सले जर्मनीलाई ४–२ को अन्तरले हराउदा, वेल्सले अजरबैजानलाई २–१ ले स्तब्ध पार्यो । पहिलो हाफमा १–० को अग्रता बनाएको जर्मनी दोस्रो हाफमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो ।
बेल्जियमले सान मारिनोलाई ४–० हराउदा स्कटल्याण्ड, रसियासंग २–१ ले स्तब्ध भयो । गएराती नै अष्ट्रियाले लात्भीयालाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो । क्रोएसियाले स्लोभाकियामाथी ४–० को सहज जित निकाल्यो । स्लोभानियाले पोल्याण्डलाई २–० ले पराजित गर्दा बेलारुसले स्टोनियालाई २–१ ले हरायो । साईप्रस र काजाकिस्तानले एक एकको बराबरी खेलेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?