Logo

युरो कप छनोट फुटबल : स्पेन र ईटाली अपराजित रहदै छनोट नजिक

ई-खेलकुद २०७६ भदौ २३ , सोमबार ०८:०९ मा प्रकाशित

एजेन्सी । ईटाली र स्पेन युरो कप छनोट नजिक पुगेका छन् । गएरातीको खेलमा फिनल्याण्डलाई २–१ ले हराउदै ईटाली युरो कपको छनोट नजिक पुगेको हो । समुह जे मा ६ खेलबाट १८ अंकसहित ईटाली छनोट नजिक पुगेको हो । उसलाई जिताउन चिरो ईम्मोबिली र जर्जिन्होले एक एक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा संभव भएको थियो ।
समुह एफको खेलमा स्पेनले फारोई आईसल्याण्डलाई ४–० ले हरायो । उसलाई फराकिलो जित दिलाउन रोड्रिगो र पाको अल्सासेरले दुई दुई गोल गरे । पहिलो हाफमा १ गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा ३ गोल थपेको थियो । ६ खेलबाट १८ अंक जोडेको स्पेन दोस्रो स्थानको स्विडेनभन्दा ७ अंकले अघि छ ।
अन्य खेलहरुमा आर्मेनियाले बोस्निया हर्ज गोभिनालाई ४–२ ले तथा स्विटजरल्याण्डले जिब्राल्टरलाई ४–० ले स्तब्ध पारे ।
ग्रीस र लिचेष्टाईनले एक एकको बराबरी खेल्दा डेनमार्क, जर्जियासंग गोलरहित बराबरीमा रोकियो । गएराती नै रोमानियाले माल्टालाई १–० ले स्तब्ध पार्यो । स्विडेन भने नर्बेसंग एक एकको बराबरीमा रोकिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?