Logo

युरो कप छनोट : ईङल्याण्ड , फ्रान्स र पोर्चुगल विजयी

ई-खेलकुद २०७६ भदौ २२ , आईतबार ०७:०९ मा प्रकाशित

एजेन्सी । युरोपियन क्याम्पियनसीप छनोट फुटबलका पछिल्ला खेलमा ईङल्याण्ड, फ्रान्स, पोर्चुगल र आईसल्याण्ड विजयी भएका छन् । ईङल्याण्डले गएराती बुल्गेरियालाई ४–० ले हराउदै तेस्रो जित निकाल्दा, फ्रान्सले अल्बानियालाई ४–१ ले स्तब्ध पार्यो । ईङल्याण्डको जितमा हेरी केनले ह्याट्रिक गरे । २४ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका केनले बा“कि २ गोल भने पेनाल्टिमार्फत गरेका थिए । अर्को गोल राहिम स्र्टलिङले गरे ।
अल्बानियालाई ४–१ ले हराउने क्रममा फ्रान्सका किङस्ले कोमानले २ तथा ओलिभर जिराउड र नानितामो ईकवनले एक एक गोल गरे । पोर्चुगलले सर्बियालाई ४–२ ले हराउदा, माल्डोभाबिरुद्ध आईसल्याण्ड ३–० ले विजयी भयो । पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डो, बर्नाण्डो सिल्भा, गोन्जाउलो गुईडेस र विलियम कार्भाल्होले एक एक गोल गरे ।
अन्य खेलहरुमा कोसोभोले चेक रिपब्लिकलाई २–१ ले, युक्रेनले लिथुनियालाई ३–० ले तथा टर्किले एण्डोरालाई १–० ले पराजित गरेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?